म्याग्दीको मालिका गाउँपालिका–२ रुम स्थित एक विद्यालयकी प्रधानाध्यापकलाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाइएको छ । बुधबार बिहान करिब साढे ९ बजे बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेका हुन् ।
बाटोमा हिँडिरहेकै अबस्थामा प्रअ पुनमाथि एक्कासी खुकुरी प्रहार गरी आक्रमण भएको र उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । खुकुरी प्रहारबाट बाटोमै बेहोस भएकी प्रअ पुनलाई प्राथमिक उपचार गरि मालिका गाउँपालिकाको समन्वयमा हेलिकप्टरको व्यवस्थापन गरी मणिपाल शिक्षण अस्पतालमा लगिएको स्थानीय शिक्षक भुपेन्द्र पुनले जानकारी दिए ।
उनका अनुसार घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भिर चोट लागेको छ । देब्रे हातका दुई वटा औँला समेत खुकुरी प्रहारबाट चुँडिएको छ । खुकुरी प्रहार गरेका पुन अहिले फरार रहेका छन् । उनको खोजीकार्यको लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । तुलनात्मक रुपमा बढी अपराधिक गतिविधि हुने गरेको रुमको शान्ति सुरक्षालाई मध्यनजर गर्दै हालै मात्रै जिल्ला प्रहरी कार्यालयबाट दुई साताको लागि स्थलगत रुपमा प्रहरी टोली खटाइएको थियो ।
सम्बन्धित खबर
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा