तनहुँको स्वास्थ्य चौकीमा करेन्ट लागेर २ जनाको मृत्यु

तनहुँको स्वास्थ्य चौकीमा करेन्ट लागेर २ जनाको मृत्यु

1413202

तनहुँ – तनहुँमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । बिहीबार करिव १२ :२० बजेको समयमा तनहुँ म्याग्दे गाउपालिका-२ जामुनेमा स्वास्थ्य चौकीको भवनमा करेन्ट लागेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नयाँ स्वास्थ्य चौकीको भवनमा मार्वल घोट्ने क्रममा करेन्ट लागेर भारत बेतिहारी घर भई तनहुँको दमौलीमा बस्ने २५ बर्षीय साजत आलम र २२ बर्षीय आजात आलमको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ