पोखरा – मिराकल इन्स्टिच्युट प्रालि १० बर्ष पुरा भई ११ औं वर्षमा प्रवेश गरेको छ । पोखराको चिप्लेढुंगामा बाट सेवा दिँदै आएको उक्त संस्थाले मंगलबार वार्षिकोत्सवकै अवसरमा छोरेपाटन पोखरामा रहेको मानवसेवा आश्रममा युरोगार्ड, सरसफाईका सामग्रीहरु, जलपान साथै विद्यार्थी, अभिभाबक, शुभेच्छुकबीच शुभकामना आदान प्रदान गराएको संस्थाका एकेडेमिक काउन्सिलर अनन्त भन्डारीले बताए ।

उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी वैदेशिक अध्ययनको पहुँचलाई सरल र सहज बनाउन आवश्यक सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने उद्देश्यले २०६६ मंसिर ३ गते पोखराको गैह्रापाटनमा मिराकल इन्स्टिच्युट प्रालि ले अमेरिकासँगसँगै क्यानडा, युके, अष्ट्रेलिया र जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक सम्पूर्ण तयारी जस्तै अँग्रेजी सिप एवं दक्षता परीक्षण (आयल्स, टोफेल, एसएटि)का तयारी कक्षाहरु, जापानीज भाषाको शिक्षण कक्षाहरु एवं विद्यार्थीलाई विषय, तह, शिक्षण संस्था छनौट र प्रवेशका लागि आवश्यक सम्पूर्ण पूर्व तयारी एवं परामर्श सेवा प्रदान गरिरहेको छ ।

वैदेशिक अध्ययनको परामर्श एवं डकुमेन्टेसनको लागि शिक्षा मन्त्रालयबाट रजिष्टर्ड उच्च योग्यता र अनुभवी एवं फरकफरक राष्ट्रको लागि परामर्शको विभिन्न कोर्ष जस्तै आइसिइएसले अमेरिकाको लागि युएसएटिसी, क्यानडाको लागि सिसिजी, अष्टेलियाको क्युइएसी रजिष्टर्ड विज्ञहरुबाट परामर्श सेवा प्रदान गरिरहेको छ ।

१ सय ५० भन्दा बढी विदेशी शिक्षण संस्थाहरुसँग सिधा सम्पर्कमा रही पोखरालाई आफ्नो मूख्य सेवा क्षेत्र बनाई सेवा प्रवाह गर्दै हालसम्म नेपालका हजारौं विद्यार्थीहरु लाभान्वित भएका सस्थाका प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए ।

सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’