पोखराको अमरसिंहमा आज सप्तरंग सांगीतिक कार्यक्रम हुँदै

पोखराको अमरसिंहमा आज सप्तरंग सांगीतिक कार्यक्रम हुँदै

saptrang

पोखरा । ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरामा सप्तरंग सांगीतिक कार्यक्रम हुँदैछ । पर्यटन प्रवर्द्धन र समुन्नति नारासहित आयोजना गरिएको कार्यक्रममा अभिनेता राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, सुगम पोखरेल, हाँस्यकलाकार जितु नेपाल, हिमाल सागर र प्रकाश सपुतको प्रस्तुति रहने छ ।

कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका प्रवन्ध निर्देशक मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६ वटा प्रदेशमा सम्पन्न भएको र पोखराको प्रस्तुतीसंगै यात्राको सिजन–२ समापन हुनेछ । ‘प्रदेश-१ बाट सुरु भएको यो कार्यक्रम प्रदेश ५ सुर्खेतपछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,’ उनले भने, ‘गत वर्ष पहिलो संस्करणको कार्यक्रम गरेका थियौं । त्यतिबेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागिता थियो ।’

कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने बार्दली मिडियाका इभेन्ट म्यानेजर मन कुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ