पोखरा । ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरामा सप्तरंग सांगीतिक कार्यक्रम हुँदैछ । पर्यटन प्रवर्द्धन र समुन्नति नारासहित आयोजना गरिएको कार्यक्रममा अभिनेता राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, सुगम पोखरेल, हाँस्यकलाकार जितु नेपाल, हिमाल सागर र प्रकाश सपुतको प्रस्तुति रहने छ ।
कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका प्रवन्ध निर्देशक मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६ वटा प्रदेशमा सम्पन्न भएको र पोखराको प्रस्तुतीसंगै यात्राको सिजन–२ समापन हुनेछ । ‘प्रदेश-१ बाट सुरु भएको यो कार्यक्रम प्रदेश ५ सुर्खेतपछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,’ उनले भने, ‘गत वर्ष पहिलो संस्करणको कार्यक्रम गरेका थियौं । त्यतिबेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागिता थियो ।’
कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने बार्दली मिडियाका इभेन्ट म्यानेजर मन कुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो