मुस्ताङ । भारतको टाटा मोटर्सको नेपाल स्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबार जोमसोममा आयोजना गरेको २५ औं वर्कसप उद्घाटनमा तिब्बतीयन स्वागत नृत्य समावेश गरेको भन्दै स्थानीय प्रशासनले ७ दिने स्पष्टिकरणको माग गरेको छ ।
सिप्रदीले भारतीय टाटा मोटर्सका कार्यकारणी प्रमुख सहित आधा दर्जन भारतीय व्यापारी प्रतिनिधिको रोहबरमा वर्कसप उद्घाटन गरेको थियो । कार्यक्रमकै सुरुआतको स्वागत गीतमा तिब्बतीयन नृत्य समावेश गरेपछि यस बिषयले परिचर्चा पाएको थियो ।

कार्यक्रममा नेपाली मौलिक नृत्य तथा स्थानीय सांस्कृतिक नृत्यलाई लत्याएर घरपझोङ १ छैरो स्थित तिब्बती शरणार्थी क्याम्पबाट कलाकार झिकाई तिब्बती स्वागत गानबाट स्वागत नृत्य प्रस्तुत गरिएको प्रति स्थानीय प्रशासनले गम्भिर ध्यानआर्कषण भएको जनाएको छ । अनुमती बिना कार्यक्रममा नृत्य देखाइएको हुदा आयोजक र क्याम्पसंग स्पष्टिकरण पत्र बुझाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
स्पष्टिकरमा नेपाल सरकारको नीति नियम पालन गरि क्याम्प बस्नुपर्नेमा नियमको उलङ्घन गरी कार्यक्रममा संलग्न हुन मिल्छ ? कार्यक्रममा सहभागी हुन कसले अनुमती दियो ? र यसमा संलग्न जिम्मेवार को को हुन् ? यसको स्पष्ट जवाफ व्यवहोरा सहितको कारण खुलाउन समेत अनुरोध गरिएको छ ।
सरकारले उत्तरी कोरलानाका खोल्ने तैयारी गरिरहदा भारतीय व्यापारी सम्मिलित कार्यक्रममा यसप्रकारको तिब्बतीयन गतिबिधिले नाका खोल्न र एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतालाई समेत आघात पुग्ने जनाईएको छ ।

सम्बन्धित खबर
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]
मुक्तिनाथको खातामा साढे १० करोड
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट