पोखरा जेसिजको वर्ष २०२० का लागि शिवप्रसाद सापकोटा निर्विरोध अध्यक्ष चयन भएका छन् । संस्थाको ४० औं शाखा अधिवेशन तथा ४५ औं वार्षिक साधारणसभाले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जेसिजका कानुनी सल्लाकारमा गणेश गिरी, कार्यकारिणी उपाध्यक्षमा मिन राज खड्का, महासचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा प्रकाश घिमिरे र सचिबमा सन्देश पराजुली चयन भए । यस्तै, चार जना उपाध्यक्षमा सुर्य बहादुर केसी, कमल पराजुली, श्री सुनार र रबिन पौडेल, यस्तै चार जना निर्देशकहरुमा बिनु श्रेष्ठ, तिलक लामिछाने, बलराम कुर्इंकेल र धुब गर्बुजा पुन चयन भए ।

यसअघि, अधिवेशनको उद्घाटन गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरे । उद्घाटनसभामा मन्त्री लम्सालले नक्कल गर्ने खालका नभई आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउन जेसिजलाई आग्रह गरे । संघीय सरकारबाट असहयोग हुँदा प्रदेशले चाहेजस्तो काम गर्न नसकेको गुनासो गर्दै उनले युवालाई रोजगारी र देश समृद्धिका लागि जेसिजसँग सहकार्य गर्न तयार रहेको बताए ।
नेपाल जेसिसका राष्ट्रिय कार्यकारिणी उपादध्यक्ष रविन पोखरेलले समाजमा सफल नेतृत्व विकास गराउने संस्था जेसिज नै भएको बताए । उनले नेतृत्वले आफूभन्दा तल्लो तहकालाई उन्नतिमा अग्रसर गराउन नसके नेता भन्न नसकिने उल्लेख गरे । ।
कार्यक्रममा मीन अवार्डबाट मेनुका पुन, नेटिज रनिङ अवार्डबाट इभिक कर्माचार्य, नारायण लक्ष्मी अवार्डबाट बिनु श्रेष्ठ, टेक लक्ष्मी श्याम अवार्डबाट कमल पराजुली, मिलेर गरौं अवार्डबाट अनन्त प्रधानांगलाई सम्मान गरिएको छ । जेसिज विद्यापदक शिवशक्ति माविका विद्यार्थी मोहमद अरताफ र डाइनियल इकेनी छात्रवृत्ति पोखरा १८ , सराङकोटस्थित मणिदीप विद्यालयका ४ जना जेहेन्दार विद्यार्थीले प्राप्त गरे ।
४० वर्ष उमेर पूरा गरेका सदस्यलाई जेसिजको विधान बमोजिम सम्मानसहित अवकाश दिइएको छ । अवकाश हुनेमा शिवप्रसाद कोइराला, अमृतराज बास्तोला, दीपेन्द्र पहारी, शिवप्रसाद देवकोटा, लक्ष्मण बराल, श्यामकृष्ण थापा छन् ।
पोखरा जेसिजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष विकलप्रसाद शेरचन, बुटवल जेसिजका अध्यक्ष नरदेव न्यौपाने, पोखरा जेसिजका महासचिव शक्ति बरुवाल, अमृतराज बाँस्तोला लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु