पाँचौं ‘टुर दि पोखरा’ पुस १२ गते हुने, एक हातले साइकल चलाउने विशाल बने सद्धभावना दुत

पाँचौं ‘टुर दि पोखरा’ पुस १२ गते हुने, एक हातले साइकल चलाउने विशाल बने सद्धभावना दुत

Cycle tour

पोखरा । साइकल सिटी पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको ‘टुर दि पोखरा’ को पाँचौं संस्करण पुस १२ गते हुने भएको छ । साइकलमार्फत पोख्रेली पर्यटन प्रवर्धन गर्न र साइकलको प्रयोगलाई बढावा दिन नेपाल आयल निगमको मुख्य प्रायोजनमा कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष महेन्द्र राज कोइरालाले जानकारी दिए ।

“थोपा थोपा इन्धन बचाऔं” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा स्वदेशी तथा विदेशी गरी एक हजार जना सहभागि हुने अनुमान गरिएको छ । कार्यक्रमलाई सफल पार्न पुस ९ गते रक्तदान कार्यक्रम आयोजना गरिने सह संयोजक एवं कास्की जिल्ला साइकल संघका अध्यक्ष शंकर भण्डारीले बताए ।

यस्तै, पुस ११ गते जिल्ला स्तरीय खुल्ला साइकल दौड प्रतियोगिता गरिने छ । १८.७ किलोमिटर दुरीको सो प्रतियोगितामा प्रथम हुनेले रु सात हजार, द्धितीय हुनेले रु पाँच हजार र तृतीय हुनेले रु तीन हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुन रु ५ सय दर्ता शुल्क लाग्ने छ । यो शुल्कमा सहभागिको रु तीन लाखसम्मको बीमा पनि हुनेछ ।

यस्तै कार्यक्रमको मुख्य दिन पौष १२ गते बिहान साइकल ¥याली, स्लो साइकल रेसलगायतका कार्यक्रम हुनेछ । ३१.१ किलोमिटरको ¥याली पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रबाट सुरु भएर त्यहीँ पुगेर अन्त्य हुने कार्यक्रम संयोजक राजन गोङ्गाजुले बताए ।

¥यालीले पोखराको एक फन्को लगाउने छ । सोही दिन दिउँसो ३ बजेपछि पोखराबाट साइकलिङ गर्दै काहुँडाँडा पुग्ने कार्यक्रम छ । सहभागिहरुले काहुँडाँडामा एक रात बिताउने छन् ।

विशाल बने सद्धभावना दुत

आयोजकले पोखरको तल्लो गगनगौँडा बस्ने विशाल गर्बुजालाई सद्धभावना दुत बनाएको छ । एक हात मात्र भएका उनी सामान्य मानिस जसरी साइकल चलाउन सक्छन् ।

उनको यही विशेषता देखेर दुत बनाइएको कार्यक्रम संयोजक राजन गोङ्गाजुले बताए । एकहप्ता अगाडि आयोजित ६० किमिको राउण्ड रुपा कार्यक्रममा उनको साइकल मोह देखेर अन्य सहभागि चकित बनेका थिए ।

साइकल सामान्यतया ओरालो ठाउँमा चलाउन गाह्रो हुने भए पनि उनी सजिलै चलाउन सक्छन् । १९ वर्षका विशाल हाल कास्की मोडनाइज एकेडेमीको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत छन् ।

पानीको बोत्तलमार्फत पनि प्रचार

कार्यक्रमलाई प्रचार गर्न आयोजकले निकै प्रभावकारी हुने दाबीसहित पानीको बोत्तलमार्फत प्रचार थालेको छ । गोर्खाली पिउने पानीका ५० हजार बोत्तलमा टुर दि पोखरा लेखिएको प्रचारात्मक सामाग्री छापिएको छ।

कार्यक्रमको प्रचारका लागि यो निकै प्रभावकारी हुने साइकल सिटी पोखराका बरिष्ठ सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए।

साइकल लेनको आवश्यकता

बढ्दो सहरीकरण र व्यस्त दैनिकीसँगै अहिले तुलनात्मक रुपमा साइकलको प्रयोग घटिरहेको छ । यसको मुख्य कारण साइकलले प्राथकिता नपाउनु नै हो । पोखरामा साइकल लेनको विषय उठ्दै आएको भए पनि प्राथमिकतामा पर्न सकेको छैन् ।

सामान्यतया पोखराको सडकमा ठूला सवारीको दादागिरी जस्तै छ । साइकलवाला प्रति ठूला सवारीका चालकको हेपाहा प्रवृत्तिले पनि पोखरामा साइकल लेनको आवश्यकता देखिएको छ ।

साइकल सिटीले बनाएका साइकल स्ट्याण्ड प्रयोगममा आउन नसकेको बरिष्ठ सल्लाहकार मुल्मीले बताए । उनका अनुसार अन्य सवारी जथाभावी पार्किङ्ग गरिदिनाले पनि त्यसको प्रयोग प्रभावकारी बन्न नसकेको हो ।

यस्तो छ पौष १२ गते हुने ¥यालीको रूट:

https://www.facebook.com/cyclecity.pokhara/videos/463362791031496/?t=25

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ