म्याग्दीमा दुर्घटना हुँदा तीन घाइते, गम्भीर दुई हेलिकोप्टरमार्फत पोखरा लगियो

म्याग्दीमा दुर्घटना हुँदा तीन घाइते, गम्भीर दुई हेलिकोप्टरमार्फत पोखरा लगियो

bike accident

प्रतिकात्मक चिन्ह

 म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-८ जलेश्वरमा मंगलबार सवारी दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। मंगलबार साँझ बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध. १प ३५४९ नम्बरको भिआर मोटरसाइकल र मुस्ताङबाट पर्यटक लिएर पोखरा फर्किदै गरेको ध. १ च २३५ नम्बरको जिप आपसमा ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनामा रघुगंगा गाउँपालिका-६ पाखापानीका २० वर्षीय मनि पुर्जा, २५ वर्षीय अम्मर पाइजा र २२ वर्षीय सन्तोष थजाली घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बेनी अस्पतालमा सामान्य उपचारपछि घाइते तीनजना मध्ये दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए। उनका अनुसार टाउको, छाती र खुट्टामा गहिरो चोट लागि गम्भीर घाइते भएका अम्मर र सन्तोषलाई पोखरा रिफर गरिएको हो। जिप चालकलाई नियन्त्रणमा लिइएको प्रनाउ मरासिनीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds