पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोेगिता (साग) को लागि दुई सय ३० जनालाई फिजिकल तालिम दिइएको छ । सागलाई व्यवस्थित रुपमा सफल पार्नको लागि स्वयंसेवक खटाइनेछ । खेल अवधिभर पोखराको साग खेलकुदमा एक सय ८० जना स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवा गर्न ईच्छुक दुई सय ३० जनालाई नै तालिम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ । तालिम पश्चात् योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ ।

“हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारिरीक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसंग कसरी समन्वय गराउने ? भन्ने विषयमा सुसूचित गराउँदै फिजिकल तालिम दिएका छौँ”– प्रशिक्षक दिपक गोदारले भने ।
सागको व्यवस्थापन तथा सुरक्षामा नेपाल प्रहरीको प्रमुख भूमिका रहनेछ । यस बाहेक स्वयंसेवक समेत खटाइनेछ । सागमा खटिएका स्वयंसेवकलाई प्रमाणपत्र समेत दिइने गोदारले जानकारी दिए । साग अन्तर्गत पोखरामा ८ खेल हुँदैछ । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताए ।
त्यसैगरी, १३ औँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० जना सम्पर्क अधिकारी (लियाजन)हरु समेत खटाइने भएको छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिहरुको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो । सम्पर्क अधिकारीले पोखराको बारेमा जानकारी समेत दिनेछन् ।
विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारकोबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटिका संयोजक जगन गुरुङले बताए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु