लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी पुसमा हुने लेखनाथ महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ नाराका साथ पुस ३ देखि १५ गतेसम्म १६ औं लेखनाथ महोत्सव हुँदैछ ।
औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित महोत्सव आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बलराम ढकालले बताए ।सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि महोत्सव सहयोगी हुने ढकालले बताए ।
१५ करोड रुपैयाँ कारोबार हुने लक्ष्य
महोत्सवमा ३ सय ३६ स्टल रहने महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । जसमध्ये ६० प्रतिशत भन्दा बढी स्टल बुकिङ भइसकेको उनले बताए । २ लाख ५० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको विश्वास छ ।
१२ देखि १५ करोड रुपैयाँ महोत्सवमा आर्थिक कारोवार अनुमान रहेको संघका उपमहासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।
१ करोड ३० लाख रुपैयाँ आम्दानी गरी १ करोड १० लाख रुपैयाँ खर्च कटाउँदा २० लाख रुपैयाँ बचत गर्ने संघको लक्ष्य छ । बचत रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले बताए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु