पोखरा– पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो ।
पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।
मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुदाँ नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ । भने शान्ति माविको पर्खाल बाहिर भएका कारण खासै क्षति छैन । बम विस्फोट भएपछि केही बेर मतदाताहरु तितरवितर भएका थिए ।
अहिले नियमित मतदान भैरहेको प्रहरीले जनाएको छ । मतदान सुरु भएलगत्तै त्यस ठाउँमा बम पड्किएको थियो । शान्ति माविमा २ पटक विस्फोट भएको छ । मतदान सुरु भए लगत्तै एक पटक र पौने ९ बजेतिर दोश्रो पटक बम पड्किएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । पर्खाल बाहिर विस्फोट भएका कारण खासै क्षति भएको छैन । बम पड्किएपछि केही मतदाताहरुमा त्रास बढेको र केही मत कम खस्न सक्ने आँकलन गरिएको छ । मतदान भने नरोकिएको आचार्यले बताए ।
यस्तै पोखरा ३३ मा रहेको एक मतदान स्थल नजिकै बम बिस्फोट भएको छ । सरस्वती टिका मावि मतदान स्थल नजिकै बिस्फोट भएको हो ।मतदान स्थल पछाडी रहेको बाँसघारीमा विस्फोट भएको जानकारी प्राप्त भएको छ । विस्फोटबाट कुनै क्षति नभएको जनाइएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो