पोखराका ३ ठाउँमा बम विस्फोट, मतदान जारी

पोखराका ३ ठाउँमा बम विस्फोट, मतदान जारी

boom

पोखरा– पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुदाँ नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ । भने शान्ति माविको पर्खाल बाहिर भएका कारण खासै क्षति छैन । बम विस्फोट भएपछि केही बेर मतदाताहरु तितरवितर भएका थिए ।

अहिले नियमित मतदान भैरहेको प्रहरीले जनाएको छ । मतदान सुरु भएलगत्तै त्यस ठाउँमा बम पड्किएको थियो । शान्ति माविमा २ पटक विस्फोट भएको छ । मतदान सुरु भए लगत्तै एक पटक र पौने ९ बजेतिर दोश्रो पटक बम पड्किएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । पर्खाल बाहिर विस्फोट भएका कारण खासै क्षति भएको छैन । बम पड्किएपछि केही मतदाताहरुमा त्रास बढेको र केही मत कम खस्न सक्ने आँकलन गरिएको छ । मतदान भने नरोकिएको आचार्यले बताए ।

यस्तै पोखरा ३३ मा रहेको एक मतदान स्थल नजिकै बम बिस्फोट भएको छ । सरस्वती टिका मावि मतदान स्थल नजिकै बिस्फोट भएको हो ।मतदान स्थल पछाडी रहेको बाँसघारीमा विस्फोट भएको जानकारी प्राप्त भएको छ । विस्फोटबाट कुनै क्षति नभएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ