टिपरले महिला मारेपछि क्रसरका २६ टिपर, स्काभेटरमा तोडफोड र आगजनी

टिपरले महिला मारेपछि क्रसरका २६ टिपर, स्काभेटरमा तोडफोड र आगजनी

Gorkha Tripper

गोरखा : गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आगजनी का साथै तोडफोड गरेका छन् ।

शुक्रबार बिहान दूध बेच्न हिँडेकी गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको गोरखकाली क्रसर उद्योगमा टिपरले किचेर मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई शुक्रबार बिहान पौने सात बजे क्रसरबाट निस्केको ग १ ख ८०२७ नम्बरको टिपरले किचेर  तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

तामाङको मृत्यु भएपछि सयौँजनाको आक्रोसित भीडले उक्त टिपरमा आगजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

मृत्यु भएकी महिलाको आफन्तले क्रसर उद्योग बन्द गराएर उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । महिलाको शव अझै उठाइएको छैन । हाल आगजनी भएको टिपर र चालकलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका वासुदेव डिएपी खतिवडाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ