तनहुँ । नव युवा क्लब व्यास १ हाइस्कुलटारको आयोजना दोस्रो नव कप शनिबारदेखि सुरु भएको छ । युवाहरु बिच मैत्रीपूर्ण वातावरण सिर्जना गर्न र खेलाडीलाई हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले बताए । विदेशमा रहेका व्यास-१ का युवाले प्रतियोगिता संचालनका लागि आर्थिक सहयोग गरेको अध्यक्ष तामाङले बताए ।
प्रतियोगिताका प्रथम हुने समुहले १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । उक्त प्रतियोगितामा २२ समुह सहभागी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको सभापति क्लबका अध्यक्ष सनम तामाङ रहेका थिए । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा नगरपालिकाले खेलक्षेत्रमा विभिन्न काम गरिरहेको बताए । युवा खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले व्यास गोल्ड कप समेत संचालन गर्ने प्रमुख न्यौपानेले बताए ।
पुरस्कार फ्रान्सेली सेनाले प्रायोजन
दोस्रो नव कपको पुरस्कार फ्रान्सेली सेनामा कार्यरत हाइस्कुलटारका युवाहरुले प्रायोजन गरेका छन ।शनिबारदेखि सुरु भएको दोस्रो नव कप सेभेन ए साईड फुटबल प्रतियोगिताका लागि प्रथम पुरस्कार १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र तथा द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ युवाहरुले प्रायोजन गरेका हुन ।
व्यास नगरपालिका-१ हाईस्कुलटार घर भई हाल फ्रान्सेली सेनामा कार्यरत बोधविक्रम थापा, सङ्गम हमाल, असिम मल्ल र विकास मल्लले उक्त पुरस्कार प्रायोजन गरेका हुन ।
सम्बन्धित खबर
पोखराको आर्वामा विहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस, १३ देशका ६० साइक्लिस्ट सहभागी
दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
मैत्रीपूर्ण खेलमा लगातार जितः नेपालले भारतलाई फेरि हरायो
वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
साबित्राको गोलमा नेपालले भारतलाई उसकै मैदानमा हरायो
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने