नेपालले गर्यो अमेरिकालाई ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट

नेपालले गर्यो अमेरिकालाई ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट

84291098_3158131210872620_5730647882344693760_o

काठमाडौ । सन्दीप लामिछानेसँगै सुशन भारीको आक्रामक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।

आईसीसी क्रिकेट वल्डकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो ।

तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले ।

त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो ।

अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ