तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा भएको सचिन स्मृति खुला दौड प्रतियोगिताको उपाधी व्यास ६ सिसाघाटका सुरज दुराले जितेका छन । दुराले ९ किलोमिटर दुरि ३३ मिनेट ४७ सेकेन्डमा पार गर्दै बिजेता बनेका हुन । दुरा भारतीय सेनामा कार्यरत छन ।
त्यस्तै ३४ मिनेट १८ सेकेन्डमा उक्त दुरि पार गर्दै भानु १२ का अनिल माझकोटि द्वितिय भएका छन । माझकोटि गतवर्ष प्रथम भएका थिए । त्यस्तै व्यास ६ सिसाघाटकै प्रमिश गुरुङले ३५ मिनेट ३३ सेकेन्डमा उक्त दुरि पार गर्दै तृतीय भएका छन ।
विजेता हुनेहरुले क्रमशः प्रथम हुनेले ९ हजार १७, द्वितिय हुनेले ६ हजार १७ र तृतीय हुनेले ४ हजार १७ सहित मेडल र प्रमाणपत्र पाएका छन ।
त्यस्तैगरि महिला तर्फ ४४ मिनेट ५९ सेकेन्डमा उक्त दुरि पार गर्दै करुणा श्रेष्ठ प्रथम र ४५ मिनेट ५८ सेकेन्डमा उक्त दुरि पार गर्दै रोशी अधिकारी द्वितीय भएका छन । उनीहरुले क्रमशः १ हजार ५ सय र १ हजार सहित मेडल र प्रमाणपत्र पाएका छन ।
कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष मनोज राउतले गरेका थिए भने प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा खेलकुदले स्वास्थ्य संगै विभिन्न इज्जत र प्रतिष्ठा समेत कमाउन सकिने प्रमुख न्यौपानेले बताए । व्यास नगरपालिकाले पनि व्यास अल्ट्रा म्याराथन गरिसकेको र आगामी नारी दिवसमा समेत महिलाका लागि दौड प्रतियोगिता गर्ने प्रमुख न्यौपानेले बताए ।

महिला तर्फ प्रथम भएकी सत्यवतीकी करुणा श्रेष्ठ पुरस्कार ग्रहण गर्दै ।
प्रतियोगितामा ४० जना धावकहरुले सहभागिता जनाएको कार्यक्रम संयोजक किरण श्रेष्ठले बताए ।
भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष मनोज राउतले बताए । ‘स्वार्थ भन्दा माथि सेवा’ एवम् ‘साथित्व र भत्रृत्व संगै सेवा’ भन्ने मुल नारामा रहि विशेष गरि समाजमा सकारात्मक सन्देश जाने विभिन्न गतिवाधिहरु साथ आफ्नो उपस्थिति देखाउँदै आएको रोट्रयाक्ट क्लव अफ दमौलीले हरेक वर्ष सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्दै आईरहको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै शनिबार प्रतियोगिता गरिएको क्लबका अध्यक्ष राउतले बताए ।
दौड अनसन चौतारी देखि सफासडक पृथ्वी राजमार्ग तालघरे हुँदै घासिकुवा पुगि सोहि रुट फिर्ता भई अनसन चौतारीमा आइ सकिएको थियो । दौड कुल ९ किलोमिटरको रहेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो