लखन स्मृति कपकाे उपाधि दमाैलीकाे सत्यवती माविले उचाल्याे

लखन स्मृति कपकाे उपाधि दमाैलीकाे सत्यवती माविले उचाल्याे

received_602567947142844

तनहुँ । नेपालका प्रथम शहिद लखन थापा मगरकाे १४३औं स्मृति दिवसकाे अवसरमा आयाेजित साताै लखन स्मृति कपकाे उपाधि दमाैलीकाे सत्यवती माविले उचालेकाे छ ।

दमाैलीकाे विपि वनवाटिका खेलमैदानमा मंगलबार भएकाे फाईनल खेलमा आयाेजक मगर विद्यार्थी संघ तनहुँलाई २-० गाेलले पराजित गर्दै सत्यवती माविले उपाधी हात पारेको हो । उपाधी उचाल्ने दाउमा रहेकाे आयाेजक मगर विद्यार्थी संघ भने उपविजेतमा चित्त बुझाउनु पर्यो ।

सत्यवती माविका खेलाडी जर्सी नम्बर १४ का आशिष राईले पहिलाे हाफमा १ गाेल गरे । खेलकाे दाेस्राे हाफमा पनि आशिस राईले नै १ गाेल थपे । जसले सत्यवती माविलाई उपाधि जित्न सहज बनयाे ।

विजेता टिम सत्यवती माविले नगद ३० हजार र उपविजेता मगर विद्यार्थी संघ तनहुँले नगद २० हजार सहित मेडल ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन ।

तनहुँ जिल्ला भित्रका अन्तर कलेज स्तरीय लखन कप तथा तथा अन्तर कलेज स्तरीय फुटबल प्रतियाेगितामा १२ समुहकाे सहभागिता रहेकाे मगर विद्यार्थी संघले जनाएकाे छ । उक्त लखन कपकाे नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सचिव एवम गण्डकी प्रदेश संयाेजक मनिस थापा मगरले सामापन गरेका थिए ।

समापन गर्दै थापा मगरले नेपालका प्रथम शहिद लखन थापा मगरकाे राज्य वेवास्ता गरेकाे आराेप लगाए । जुन रूपमा राज्यले प्रथम शहिदप्रति सम्मान गर्नुपर्ने हाे, तर, हुन सकेकाे छैन, उनले भने ‘मगर विद्यार्थी संघले प्रथम शहिद लखन थापा मगर स्मृतिमा लखन कप आयाेजना गरेर उहाँप्रति सम्मान गरेकाे उनले बताए ।

नेपाल मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष बुद्व गर्जा मगरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य ऋतु थापा मगर, नेपाल मगर महिला संघ गण्डकी प्रदेश उपाध्यक्ष काशी राना, मगर समाज सुधार समितीका अध्यक्ष पूर्ण बहादुर थापा, नेपाल मगर विद्यार्थी संघका सल्लाहाकार तिल बहादुर थापा, मगर विद्यार्थी संघ तनहुँका उपाध्यक्ष विनिता थापा मगर , काेषाध्यक्ष समित थापा मगर लगायतले बोलेको थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ