पोखरामा फुडरा फुड डेलिभरी सञ्चालनमा

पोखरामा फुडरा फुड डेलिभरी सञ्चालनमा

foodaraa.com_-750×430

पोखरा ७ फागुन-पोखरामा वुधवार देखी फुडरा फुड डेलिभरी शुरुवात भएको छ । न्यूरोड स्थित फुड वैक रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गर्दै फुडरा प्रालीले एप्स तथा वेभसाईट शुरु गरेको छ । पोखरामा खाना र खाजाका पारखीहरुलाई लक्षित गर्दै वेभ साईट शुरु गरेको सञ्चालक शोशिभ भर्तेलले जानकारी दिए ।

पोखरेलीहरु माझमा व्यस्त दैनिकीमा स्वास्थ्य खाना र खाजा अर्डर गरेको आधा घण्टामा घर वा कार्यालय सम्मै स्वादिलो खाजा आधा घण्टामा घरमै पुग्ने प्रवन्ध निर्देशक प्रदिप सुनारले जानकारी दिए । फुडराले पोखरामा पहिलो पटक विहान ११ वजे देखी राती १२ वजे सम्म सेवा दिने सञ्चालकले वताएका छन् । ग्राहकले बजार मुल्यमा हुक्का तथा पेय पदार्थ अब आफैले चाहेको ठाउँमा प्राप्त गर्न फुडराले बिशेष सुबिधा दिएको सञ्चालको भनाई छ ।

१० जना कर्मचारी सहित २० लाखको लागानीका शुरुवात गरेको फुडरा पोखरा भित्र सस्तो सुलव मुल्यमा सेवा दिने वताईएको छ । रेष्टुरेन्टकै मुल्यमा घरमै सेवा पाइने भएपछी पोखररेली माझ यो अझ लोकप्रिय वन्ने सञ्चालक भुर्तेलले जातकारी दिए । यो सेवा सुभारम्भ पोखराबाट भए पनि निकट भविश्यमा देशका बिभिन्न शहरबाट दिइने सञ्चालकले जानकारी दिए । रेष्टुरेन्टको खाजा खाना अड्र गर्न ग्राहकले फुडराको एप तथा बेवसाईट  बाटwww.foodaraa.com बाट अर्डर गरेर बिभिन्न रेष्टुरेन्टको मुल्यमा डेलीभरी पाउनुहुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ