कोरोना भाइरसको संक्रमण फैलिन नदिन ट्वीटरका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

कोरोना भाइरसको संक्रमण फैलिन नदिन ट्वीटरका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

twitter

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ ।

ट्वीटरले ब्लग पोस्टमार्फत हङकङ, जापान र र दक्षिण कोरियामा आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्ना निर्देशन दिएको हो । उसले आफ्ना संसारभर रहेका ५ हजार कर्मचारीलाई पनि घरमै बसेर काम गर्न प्रोत्साहित गरेको बताएको छ ।

ट्वीटरले एक दिनअघि आफ्ना कर्मचारीलाई जरुरी कामबाहेक अन्य प्रयोजनका लागि भ्रमण गर्न रोक लगाएको थियो । ‘हाम्रो लक्ष्य कोरोना भाइरसको सम्भावित फैलावट हाम्रो वरपर र हाम्रो वरपरको विश्वमा रोक्ने हो’ ट्वीटरको मानव संशाधन विभाग प्रमुख जेनिफर क्रिष्टिले भनेकी छन् ।

ट्वीटरले घरबाटै काम गर्न मिल्ने गरी आफ्नो प्रणाली विकास गर्ने पनि बताएको छ । उसले अहिलेको समय घरबाटै काम गर्ने गरी अगाडि बढ्न ठूलो अवसर भएको पनि बताएको छ ।

ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सीले पनि घरमै बसेर काम गर्ने कुराको समर्थन गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ