किरण श्रेष्ठ, तनहुँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण तनहुँको विभिन्न ठाउँमा हुन लागेका विभिन्न मेला महोत्सव र सम्मेलन स्थगित भएको छ । यही फागुन २५ गते देखि फागुन २७ गते सम्म संचालन हुन लागेको छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महोत्सव स्थगित गरिएको आबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गरि गण्डकी वाङ्मय प्रतिष्ठानले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन समे स्थगित गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगित भएको जानकारी गराएको हो ।
‘भाषा, साहित्य र संस्कृतिको उत्थान : साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले आयोजना गर्न लागेको साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगे पनि हाललाई उक्त कार्यक्रम स्थगन गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।
त्यसैगरि विश्व हिन्दु महासंघ नेपालको आयोजनामा गर्ने भनिएको सनातन धर्म सस्कृति विषयक अन्तराष्ट्रिय महासम्मेलन स्थगित हुन पुगेको छ । महासंघको आयोजनामा चैत १ देखि ४ गतेसम्म व्यास जन्मभूमि दमौलीमा अन्तराष्ट्रिय महासम्मेलन आयोजना गरिएको थियो । महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले जानकारी दिए अनुसार विश्व व्यापी रुपमा कोरोना भाइरस फैलिएको अवस्थामा नेपाल सरकारको अनुरोध र आम जनस्वास्थ्यको सम्वेदनशीलतालाई मध्यनजर गर्दै महासम्मेलन स्थगित गरिएको हो । अध्यक्ष अधिकारीका अनुसार महासंघको बुधबार बसेको केन्द्रीय कार्य समिति बैठकले सो निर्णय गरेको हो । अध्यक्ष अधिकारीका अनुसार हालका लागि स्थगित भएको महासम्मेलन वि.स.२०७७ असोज १६ देखि १९ गते सम्म आयोजना गरिने निर्णय समेत बैठकले गरेको छ ।
तनहुँ चेम्बर अफ कमर्सको आयोजनामा फागुन २६ गतेमा व्यास-३ स्थित अन्सन चौतारीमा हुने तनहुँ चेम्बर होली हंगामा २०७६ पनि स्थगित भएको छ ।
होलि कार्यक्रमको प्राविधिक तयारी सबै पूरा भएतापनि कोरोना भाइरसका कारण तनहुँ चेम्बर हाेली हंगामा २०७६ रद्ध गर्नुपरेको कार्यक्रम संयोजक कृष्ण आचार्यले जानकारी दिए ।
प्रथम व्यासनगर महिला हाफ म्याराथन स्थगित भएको छ । व्यास नगरपालिकाले यहि आइतबार आयोजना गर्न लागेको महिला खुल्ला हाफ म्याराथन स्थगित भएको हो । विश्वव्यापी फैलिएको कोरोना भारासाको कारण व्यास नगरपालिकाको बिहीबार बसेको बैठकले नयाँ वर्षको बैशाखमा संचालन गर्ने गरी हाफ म्याराथन स्थगित गर्ने निर्णय गरेको हो ।
सतर्कता अपनाउन प्रशासनको अपिल
चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाएको छ । जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पण्डितले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिए । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उनले बताए ।
अस्पतालमा विशेष सावधानी अपनाउन, भिडभाड गरेर फागु नखेल्न, ठुला सभा तथा समारोह र भोजभतेर नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको हो । त्यस्तै निरन्तर रुघा खोकी लागे र ज्वरो आईरहे स्वास्थ्य संस्थामा गई चेकजाच गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला