१८ औं आहा ! रारा गोल्डकप: अञ्जनको गोलमा मनाङ सेमिफाइनलमा

१८ औं आहा ! रारा गोल्डकप: अञ्जनको गोलमा मनाङ सेमिफाइनलमा

Anjan

मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङको जितमा अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा अन्जनले निर्णायक गोल गरेका हुन् । आहा ! रारा गोल्डकपको यो २०० औं खेल समेत हो ।

अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ । मनाङ सेमिफाइनलमा पुग्ने दोस्रो टिम हो । यसअघि ,आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ