पोखरा । साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक एक गोल गरे । खेलको १४ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीले थप दुई गोल गर्यो । खेलको ७० औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा विवेकले गोल गर्दै आर्मीलाई ३-० को सहज जित दिलाए ।
खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग चुनिए ।यस खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अब आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।
अर्को सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच खेल हुनेछ । थ्री स्टार र पुलिसबीचको खेल बुधबार हुनेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई
पोखराको आर्वामा विहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस, १३ देशका ६० साइक्लिस्ट सहभागी
दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
मैत्रीपूर्ण खेलमा लगातार जितः नेपालले भारतलाई फेरि हरायो
वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट