किरण श्रेष्ठ, तनहुँ । तनहुँका स्थानीय तहले परीक्षाको कार्यतालिका परिवर्तन गरेका छन् ।
संसारभर फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा लिई सक्ने सूचना गरे अनुसार परीक्षा कार्यतालिका परिवर्तन गरेका हुन् ।
व्यास नगरपालिकाले फागुन २८ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने निर्णय गरेको छ । यसअघि चैत ९ गते गर्ने भनिएकोमा नयाँ तालिका अनुसार फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको छ । शनिबार पनि परिक्षा हुने व्यास नगरपालिकाले जनाएको छ ।

त्यस्तै भानु नगरपालिकाले पनि आज फागुन २८ गतेदेखि चैत ५ सम्मको परिक्षा सुरु गरेको छ । त्यस्तै देवघाट गाउँपालिकाले भने फागुन २८ गतेदेखि चैत ६ गतेसम्म परिक्षा संचालन हुने जनाएको छ ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि परीक्षा फागुन २७ गते मंगलबार देखि परिक्षा सुरु गरेको छ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग भएको बैठकले फागुन २७ देखि चैत ५ गतेसम्म परिक्षा गर्ने निर्णय गरेको थियो । कक्षा ८ बाहेकका परिक्षा विद्यालय आफैले लिदै आएको छ ।

मंगलदेखि सुरु भएको विद्यालयको परिक्षा अनुगमन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा ।
यसअघि कक्षा ८ को परिक्षा चैत ९ गते निर्धारण गरिएको थियो । ऋषिङ्ग गाउँपालिकाले भने फागुन २९ गते देखि चैत ६ गते सम्म परिक्षा संचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै घिरिङ्ग गाउँपालिकाले भने फागुन २९ गते देखि चैत ५ गते सम्म परिक्षा संचालन गर्ने निर्णय गरेको छ । शनिबार समेत परिक्षा लिने निर्णय भएको छ ।
त्यस्तै भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, आबुखैरेनी गाउँपालिकले भने फागुन २७ गते मंगलबारबाट कक्षा १–९ सम्मको परिक्षा सन्चालन गरेका छन ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो