मिस नेपाल २०२० को अडिसन शुक्रबार पोखरामा

मिस नेपाल २०२० को अडिसन शुक्रबार पोखरामा

miss additin

पोखरा। मिस नेपाल २०२० को पोखरा अडिसन फागुन २९ गते साँझ ५ बजे वाटरफ्रन्ट रिसोर्टमा ‘वरिएन्टेसन क्लास’ हुने भएको छ । अनलाइन र प्रत्यक्ष रुपमा फारम भनेका प्रतियोगीहरुका लागि वरिएन्टेसन क्लास चैत्र ३० गते पूर्वाह्न ११ बजे अडिसन हुने हिडेन ट्रेजरका निर्देशक दिवाकरराज कर्णिकारले बताए ।

मिस नेपाल २०२० छान्न हिडेन ट्रेजर टोली पोखरा आइपुगेको छ छ । मिस नेपाल केही गर्न चाहने युवतीहरुका लागि सही प्लेटफर्म भएकाले पनि यस कार्यक्रममा सहभागी हुन पोखरेली युवतीहरुलाई आयोजकको आग्रह छ ।

देशै भरीका प्रतिभालाई उजागर गर्नका लागि यसपालि नेपालका ८ वटा सहरहरुमा अडिसन गरिने आयोजकले जनाए । जसअनुसार काठमाडौँ, पोखरा, धरान, चितवन, बुटवल, वीरगञ्ज, बिर्तामोड, धनगढीका अडिसन हुनेछ । अडिसनबाट छानिएका युवतीहरुलाई काठमाडौँमा ६ हप्ता तालिम प्रदान गरी फाइनल प्रतिष्पर्धामा उतारिनेछ ।

अडिसनमा सहभागी हुन रजिष्ट्रेशन फि जम्मा दूई हजार लाग्नेछ । छनोट भएपश्चात मिस नेपालको अवधिभर लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोर्ने भएकाले जस्तोसुकै आर्थिक अवस्थाका प्रतियोगीलाई सहज हुने आयोजकले बताए ।
कुनै सङ्कोच नमानी अडिसनमा भाग लिन आग्रह आयोजकको आग्रह छ । यस वर्ष पुरुसकार राशी दुई लाख ५० हजार रुपैयाँ सहित त्रैमासिक भत्ता समेत पुरस्कारको रुपमा प्रदान गरिनेछ ।

मिस नेपालमा सहभागिताका लागि प्लस टु उत्तीर्ण, १८ देखि २६ वर्ष ननाघेका र ५ फिट ४ इन्च उचाइ हुनपर्ने छ । मे १५ तारिख काठमाडौँमा हुने मिस नेपाल प्रतियोगितामा मिस पोखरा, मिस अष्ट्रेलिया, मिस युरोपले अडिसन नदिई सिधै इन्ट्री पाउनेछ । कुटी रिसोर्ट लेकसाइडमा भएको कार्यक्रममा पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले अध्यक्षता र स्वागत जेसिजका महासचिव मीनराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ