१८ औं आहा ! रारा गोल्डकप: डिफेण्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस फाइनलमा

१८ औं आहा ! रारा गोल्डकप: डिफेण्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस फाइनलमा

Police

साविक विजेता रुस्लान थ्री स्टार क्लबलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै विभागीय नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आयोजक सहारा क्लब पोखराले आयोजना गरेको क्याराभानदेखि जारी संस्करणसम्म १८ पटकको सहभागितामा ६ पटकको विजेता पुलिसले १६ औं संस्करणमा समेत थी्रस्टारलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।

प्यारापिटमा उल्लेख्य दर्शकमाझ भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा पाँचौ पटकसम्मको विजेता थी्रस्टारको चुनौती पन्छाउन पुलिसका लागि नीरकुमार राईले २ र कप्तान भरत शाहले १ गोलको योगदान दिए ।खेलको ८ औं मिनेटमै कप्तान शाहले गोल गर्दै टिमलाई अग्रता दिएकोमा दोस्रो हाफको ५१ औं र ७२ औं मिनेटमा राईले २ गोल गरेका हुन् ।

थ्रीस्टारले पाहुना टोली गान्तोक सिटी क्लबलाई र पुलिसले आयोजक सहारा क्लबलाई पराउँदै गर्दै आपसी भेट गरेका थिए । प्रतियोगितामा नीरकुमार राई म्यान अफ दी म्याच भए । शनिबार हुने फाइनलको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ