Gandak News
Our News Your Views

मुक्तिनाथ दर्शन गर्न गएका तनहुँका २८ वर्षीय रानाभाट मृत फेला

मुक्तिनाथ दर्शन गर्न गएका तनहुँका एक युवक मृत भेटिएका छन् । विहीबार बिहान पौने ८ बजेतिरको समयमा मुस्ताङ थसाङ गाउँपालिका- ३ खाङ्लो होटल नजिक कालीगण्डकी नदी किनारको पानीमा घोप्टो अवस्थामा मृत भेटिएका व्यक्ति तनहुँ भिमाद नगरपालिकाका २८ वर्षीय जित बहादुर रानाभाट रहेको प्रद्श प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान गर्दा रानाभाट ३ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न आएको भन्ने बुझिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको