चुरोट खानेलाई कोरोना भाइरसको जोखिम अत्यधिक

चुरोट खानेलाई कोरोना भाइरसको जोखिम अत्यधिक

Cigarette-Smoking

एजेन्सी । विश्व स्वास्थ्य संगठनले ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम रहेको भन्दै सजग गराएको छ ।

विज्ञहरुका अनुसार धुम्रपानका दौरान हातलाई चुरोटसँगै मुखमा जोड्दा संक्रमण फैलने सम्भावना धेरै रहन्छ । चुरोट वा खैनी बाँडेर खाँदा पनि एक मानिसबाट अर्को मानिसमा संक्रमण फैलने जोखिम रहन्छ । त्यस्तै, धुम्रपानले स्वासप्रश्वास प्रणाली कमजोर बनाउँछ ।

चीनमा कोरोना भाइरसको मृत्युदर नियाल्दा महिलाको तुलनामा पुरुषले धेरै ज्यान गुमाएको देखियो, यस्तो हुनु पछाडिको कारण धुम्रपान सेवन पनि हुनसक्ने विज्ञहरु बताउँछन् । चीनमा महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने गर्छन् ।

कोभिड–१९ को संक्रमण भेटिएका अधिकांश चिनियाँ बिरामीमा निमोनिया देखिएको थियो, धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्ने व्यक्तिमा निमोनिया हुने जोखिम १४ गुणा बढी रहने तथ्याङ्कले देखाएको छ । फोक्सोको समस्या पनि धुम्रपान गर्नेमा धेरै देखिन्छ, यसले मृत्युको मुखमा धकेल्नसक्छ ।

त्यस्तै, धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्नेमा इन्फ्लुयन्जाको खतरा पनि दोब्बर हुन्छ । क्षयरोगका हकमा धुम्रपान सेवन गर्नेहरु नगर्नेको तुलनामा संक्रमित हुने जोखिम दोब्बर रहन्छ र धुम्रपान गर्नेको मृत्युदर नगर्नेको तुलनामा चारगुणा बढी छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds