तनहुँ । लायन्स क्लब अफ तनहुँ दमाैलिले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सहयोग गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ विरुद्ध ज्यानको जोखिम उठाएर आफ्नो काममा लागिपरेकाहरु लाई हौसला र राहत होस भन्ने हेतुले पिपिई सहयोग गरेको क्लबले जनाएको छ ।
क्लबले जिल्ला स्थित स्वास्थ्य र सुरक्षामा खटिएकाहरुलाई पिपिई सहयोग गरेको हो । ५ थान पिपिई सहयोग गरिएको क्ल्का अध्यक्ष राजकुमार श्रेष्ठ (राकु)ले जानकारी दिए ।

क्लबले जिल्ला प्रहरी कार्यलय तनहुँलाई २ थान, एम्बुलेन्स चालक लाई २ थान र मेडिकल डाक्टरलाई १ थान पिपिई सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पिपिईले प्रहरीको काममा आत्मबल बढाउन मद्दत गर्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले बताए ।
के हो पिपिई ?
कोरोना भाइरस (कोभिड–१९) संक्रमणसँगै सबैभन्दा धेरै सुनिने नाममध्ये पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) पनि एक हो । पिपिई बाहिरी जीवाणुबाट शरीरलाई बचाउनका लागि प्रयोग गरिने सामग्री हो ।
कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य क्षेत्रमा पिपिईको माग पनि बढेको छ । तर, नेपालमा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने चिकित्सक, नर्स र अन्य स्वास्थ्य सेवामा कार्यरत कर्मचारीका लागि पिपिई अभाव भइरहेको छ ।
संक्रमण फैलिन नदिन पिपिई अत्यावश्यक सामग्री हो । सामान्यतया बिरामीको हेरचाह गर्ने चिकित्सक, नर्सलगायत सामाजिक दूरी कायम गर्न नसक्ने व्यक्तिका लागि पिपिई अत्यावश्यक हुन्छ । लामो समयसम्म बिरामीको नजिक बस्नुपर्ने र स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले चिकित्सकमा सजिलै संक्रमण हुन सक्ने डर हुन्छ ।
पुनः प्रयोग गर्न सकिन्छ ?
पिपिई एकपटक मात्र प्रयोग गर्न मिल्ने र सफा गरेर फेरि प्रयोगमा ल्याउन मिल्ने गरी दुई किसिमको हुन्छ ।
अस्पतालहरूमा एकपटक मात्रै प्रयोगमा ल्याउन मिल्ने पिपिई बढी प्रयोगमा आइरहेकाले यसको अभाव भइरहेको पाइन्छ । तर, पछिल्लो समय प्रयोग गरिसकेपछि सफा गरेर पुनः प्रयोगमा ल्याउन सकिने पिपिई पनि प्रयोगमा आउन थालेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला