कोभिड-१९: एकैदिन बेलायतमा ९ सय ८० र फ्रान्समा ९ सय ८७ जनाको मृत्यु

कोभिड-१९: एकैदिन बेलायतमा ९ सय ८० र फ्रान्समा ९ सय ८७ जनाको मृत्यु

1580895618_corona

एजेन्सी । कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो २४ घण्टामा ९ सय ८० जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५८ पुगेको छ ।

साथै एकैदिन ८ हजार ६ सय ८१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ७३ हजार ७ सय ५८ पुगेको छ ।

यहाँ १ हजार ५ सय ५९ संक्रमितको अवस्था नाजुक छ भने निको हुनेको संख्या ३ सय ४४ रहेको छ ।

यता फ्रान्समा एकै दिनभित्र ९ सय ८७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १३ हजार १ सय ९७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ७ हजार १ सय २० नयाँ संक्रमित देखिएका थिए । हालसम्म संक्रमितको कूल संख्या १ लाख २४ हजार ८ सय ६९ पुगेको छ ।

संक्रमितमध्ये ७ हजार ४ जनाको अवस्था चिन्ताजनक छ । हालसम्म यहाँ २४ हजार ९ सय ३२ जना निको भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ