इटलीमा मे महिनाको ३ गतेसम्म बढाइयो लकडाउन

इटलीमा मे महिनाको ३ गतेसम्म बढाइयो लकडाउन

1000x-1

एजेन्सी । इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका छन् ।

यसअघि मार्च ९ सम्म लकडाउनको घोषणा गरिएको थियो । त्यसपछि यो लकडाउन ३ अप्रिलसम्मका लागि लागू गरिएको थियो जसलाई पछि १३ अप्रिलसम्म बढाइयो । र अब यसलाई ३ मे सम्म बढाइएको छ ।

इटलीमा लकडाउन निकै प्रभावकारी भएको मानिएको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा ५७० जनाको मृत्यु भएको छ जुन पछिल्लो हप्ताको तुलनामा निकै कम हो ।

यति हुँदा हुनै पनि इटली संसारको सबैभन्दा नराम्रोसँग प्रभावित देश हो ।

यहाँ अहिलेसम्म सबैभन्दा धेरैको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ