डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहनेछु : बेलायती प्रधानमन्त्री बोरिस

डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहनेछु : बेलायती प्रधानमन्त्री बोरिस

Boris Jonson Uk

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्नो उपचारमा खटिरहेका ती डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहने बताएका छन् ।

उनले शनिबार एक वक्तव्य जारी गर्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का सेन्ट थोमस अस्पतालमा कार्यरत कर्मचारीलाई जतिपटक धन्यवाद दिएपनि त्यो कम हुने बताएका छन् ।

गत आइतबार अस्पताल भर्ना भएपछि उनले पहिलो पटक वक्तव्य जारी गरेका हुन् । कोरोनाभाइरसद्वारा संक्रमित पाइएको केही दिनपछि बोरिसलाई उपचारका लागि अस्पताल लगिएको थियो जहाँ उनलाई केही दिन अघि आइसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यस्थितीमा सुधार भइरहेको बताइएको छ । तर उनी स्वस्थ भइसकेको केही दिनसम्म पनि काम गर्न नसक्ने बुझिएको छ । यता उनको अनुपस्थितीमा विदेशमन्त्री डोमिनिकले उनको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ