अनिश्चितकालको लागि लम्ब्याइयो साउदी अरबमा लगाइएको कर्फ्यु

अनिश्चितकालको लागि लम्ब्याइयो साउदी अरबमा लगाइएको कर्फ्यु

Saudi Arebia

साउदी अरब । कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन साउदी अरबले कर्फ्यु लम्ब्याएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ।

कोरोना भाइरस(कोभिड-१९) को संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्युको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको नेपाली दूतावासले साउदीले जनाएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबको विभिन्न १३ शहरको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको जनाइएको छ।

साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न रियादस्थित नेपाली दूतावासले सबै नेपाली हरुमा अनुरोध समेत गरेकोछ।
हालसम्म साउदीमा कोरोना संक्रमित ४ जना नेपाली मध्ये ३ जना उपचारपछि निको भैसकेको दूतावासले जनाएको छ । साउदीमा नेपालीबाहेक ४ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छन्।

कोरोना भाइरसका कारण साउदीमा ५२ जनाको ज्यान गैसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ