कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

caroussel_corona_update

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ४५ पुगेको हो ।

त्यस्तै, यो भाइरसबाट विश्वभर १८ लाख ५० हजारभन्दा धेरै मानिस प्रभावित बनिसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा यो भाइरसका संक्रमितको संख्या पाँच लाख ५७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार एक सय ८ पुगेको छ ।

त्यस्तै स्पेनमा पनि यो भाइरसका संक्रमित एक लाख ६६ हजार नाघिसकेको छ । स्पेनमा अहिलेसम्म १७ हजार दुई सय नौ जना मानिसको मृत्यु भइसकेको छ ।

इटालीमा पनि संक्रमितको संख्या एक लाख ५६ हजार नाघेको छ । इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १९ हजार आठ सय ९९ पुगेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने चार लाख ३० हजारभन्दा बढी मानिसहरु निको भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ