दैनिक गुजारा गर्न कठिनाई घर परिवारलाई मुक्तिक्षेत्रमा राहत वितरण

दैनिक गुजारा गर्न कठिनाई घर परिवारलाई मुक्तिक्षेत्रमा राहत वितरण

muktinath

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा राहत वितरण गरेको छ ।

गाउँपालिकामा बिभिन्न जिल्लाबाट आएर ज्यालादारी गरिरहेका मजदुर, श्रमिक, असहाय अशक्त देखि साधुसन्त गरी १ सय ८८ घर परिवारका ५ सय ४० जनालाई राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीबी बरालले बताए ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई संक्रमणलाई फैलिन नदिन नेपाल सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको पछि दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक पिडित बनेका थिए ।

गाउँपालिकाले राहत वितरण गरेर आफुँलाई ठूलो सहयोग भएको देबकुमार सुनारले बताईन् ।

गाउँपालिका भित्र बिभिन्न क्षेत्रमा कार्यरत श्रमिक, मजदुर, असहाय र अशक्त परिवारलाई छनौट गरी राहत वितरण गरिएको र उक्त गाउँपालिमा करिब ५०० श्रमिक तथा मजदुरहरु कार्यरत छन् ।

गण्डकी प्रदेश सरकारबाट प्रत्येक जिल्लाका स्थानीय तहलाई पांच लाख उपलब्ध गराउने निर्णय भएको र बाँकी रकम गाउँपालिकाले बिपद ब्यबस्थापन कोषबाट खर्च गर्ने  बरालले बताए । 

बिपन्न परिवारलाई परिवार संख्याको आधारमा खाद्यान्नको ४ वटा प्याकेज बनाई यहि चैत्र २३ गतेदेखि २६ गतेसम्म गाउँ गाउँ मै पुगेर राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गण्डक न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ