तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीले जिल्ला प्रहरी कार्यालय तनहुँ र व्यास नगरपालिकाका नगरप्रहरीलाई कोरोनाबाट सुरक्षित रहनका लागि सर्जिकल मास्क, स्यानिटाइजर, साबुन र पन्जा लगायतका सामग्री सहयोग गरेको छ ।
क्लबले मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय तनहुँलाई २ सय थान मास्क, १५० जोडी पन्जा, ५ थान स्यानिटाइजर र १२ थान साबुन सहयोग गरेको क्लबका अध्यक्ष मनोज राउतले बताए । त्यस्तै नगरप्रहरीलाई क्लबले ५० सय थान मास्क, ५० जोडी पन्जा, ४ थान स्यानिटाइजर र १० थान साबुन सहयोग गरेको छ ।

आफ्नो ज्यान समेत जोखिममा राखेर दिनरात सडकमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर ती सामाग्री सहयोग गरेको क्लबका उपाध्यक्ष सुशान्त अधिकारिले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसका संक्रमितहरु फेला परिसकेको कारण सम्भावित जोखिमबाट बच्न सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रहने प्रहरीका लागि काममा सहज होस् भनेर सो सामग्री सहयोग गरेको क्लबका पुर्वअध्यक्ष एवं रोटरी क्लब अफ दमौलीका आगामी वर्षका अध्यक्ष दामोदर भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले कोरोनाको महामारीको बेलामा अग्रपंतिमा काम गर्ने प्रहरीलाई केहि राहत हुने बताए ।
साथै क्लबको सहयोग प्रति धन्यबाद समेत व्यक्त गरेका थिए । नेपाल सरकारद्धारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ ।
५ थान स्यानिटाइजर क्लबका पुर्वअध्यक्ष एवं रोटरी क्लब अफ दमौलीका आगामी वर्षका अध्यक्ष दामोदर भण्डारी र ४ थान स्यानिटाइजर क्लबका उपाध्यक्ष सुशान्त अधिकारिले प्रायोजन गरेका थिए भने अन्य सामाग्री क्लबकै कोषबाट किनिएको क्लबले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’