Gandak News
Our News Your Views
Bardan

बजेट अधिवेशन वैशाख २६ मा बोलाउने सरकारको निर्णय

  • 79
    Shares

काठमाडौं । सरकारले बजेट अधिवेशन आगामी वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ।

कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था मिलाइनेछ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको