पोखरा । खुशी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुशी हुन्छन त कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुशी हुन्छन ।
कोही चाँही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुशी मान्छन । जे जस्तो भए पनि खुशी रहनु ठूलो कुरा हो।
खुशीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुशी र सुखी रहने भनेर जिज्ञासा छ भने केही उपायहरु अपनाउन सक्नुहुन्छ।
साथीभाइ वा प्रेमीसँग भेट्नु
मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ र खुशी रहन सकिन्छ। साथीहरुको याद आयो भने समय मिलाएर भेट्नुस् ।
प्रत्यक्ष भेट्नै सकिएन भने पनि फोन तथा म्यासेजमा कुरा गर्दाको क्षण पनि आनन्दाभूती दिने हुन्छ। जति ठूलो हुँदै गयो, साथीहरु पनि घट्दै जान्छन्।
धेरै साथीहरु हुनु ठूलो कुरा होइन, मिल्ने साथी हुनुपर्छ। एउटै साथी भए पनि काफी हुन्छ। एउटै साथी धेरै नै मिल्ने भए, उसलाई प्रेमी बनाउँदा पनि फरक पर्दैन । उमेरले प्रेमलाई छेक्दैन ।
हरेक दिन ऐना अगाडि मुस्कुराउँनु
हामी खुशी मुस्कानमा समेत झल्किन्छ । हामी जब खुशी हुन्छौँ तब हाँस्छौँ।
मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुशी हुन्छौँ।
हाँसोको मतलब बनावटी हाँसो होइन। हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुस्, खुशी हुन सिकिन्छ।
कसरत गर्नु
कसरत शरीरका लागि मात्र आवश्यक छैन। नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुशीमा बदल्न मद्दत गर्छ।
थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ। ५ मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ। त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ।
रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ। त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ। नृत्य गर्नुहोस्, आफ्नो मन परेको खेलकुद खेल्नुस् खुशी भइन्छ।
डायरी या टिपोट गर्ने बानी बसाल्नु
लेख्नु आफ्ना विचार तथा भावना पोख्ने अनि योजना बनाउने राम्रो माध्यम हो। यसरी लेख्दा मन हल्का हुन्छ।लेख्नका लागि तपाई विद्धान वा एकदमै लेख्न जान्ने हुनुपर्छ भन्ने छैन। हरेक रात सुत्नुभन्दा पहिले केही न केही लेख्ने बानी बसाल्नुस्।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’