काठमाडौं – सरकारले लकडाउनका समयमा घरायसी ग्राहकलाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेका लागि पनि भएको प्रष्ट पारेका छन्। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले भाडामा बस्नेका लागि उक्त सुविधा दिन घरधनीलाई आग्रह गरेका हुन्।
भाडामा बस्ने विद्यार्थी, कर्मचारी र मजदुरबाट घरबेटीले आफूलाई छुट नदिएको गुनासो आएको र त्यसबारे मन्त्रालयले अनुगमन गर्ने बताए। ‘घरेलु उपभोक्तालाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेले पनि पाउने हो’, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री पुनले भने, ‘सरकारले दिएको सुविधा घर हुनेले मात्र उपभोग गर्ने होइन, काठमाडौं र अन्य सहरी क्षेत्रमा भाडामा बस्ने लाखौं मानिसका लागि पनि हो।’
मन्त्री पुनले केही घरधनीले भाडामा बस्नेसँग सरकारले लिने शुल्कभन्दा बढी असुल्ने गरेको गुनासो आएको भन्दै त्यस्तो कार्यलाई अपराधको संज्ञा दिए। ‘सरकारलाई तिरेको भन्दा भाडामा बस्नेसँग थपेर लिने प्रवृत्ति अपराध हो’, मन्त्री पुनले भने, ‘मन्त्रालयले यसको अनुगमन गर्छ।’ मन्त्री पुनले लकडाउनका कारण विद्युत महसुल तिर्न नसक्ने ग्राहकले आगामी जेठ पहिलो सातासम्म जरिवाना तिर्नुनपर्ने निर्णय सरकारले गरेको स्मरण गराए।
सम्बन्धित खबर
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम