तनहुँ । कोरोना भाइरस (कोभिड—१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत तनहुँको दमौलीमा ३ जना कोरोना भाइरसका संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो ।
तेह्रथुम जिल्ला म्याङ्गलुङ्ग नगरपालिका-७ स्थायी घर भई हाल व्यास-२ दमौली बस्दै आएका ३४ वर्षीय नवराज ढुङ्गानालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
ढुंगानालाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार ‘झुठा अफवाह फैलाउन नहुने’ शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।
यस्तो छ ढुंगानाले फेसबुकमा राखेको कोरोना सम्बन्धि गलत पोष्ट :

आफ्नो फेसबुक आइडीमार्फत “तनहुँको दमौलीमा कोरोना संक्रमित ३ जना पुष्टि भएको छ.…. ” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानुनी कारवाहीका लागि ढुंगानालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको प्रहरी प्रमुख सिलवालले बताए ।
जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिनको म्याद थप गरि पक्राउ परेका ढुंगानामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँमा कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य कार्यालय तनहुँ
तनहुँमा कोरोना भाइरसका संक्रमित नभटिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार तनहुँमा अहिलेसम्म कोरोना पुष्टि भएको छैन ।
अफवाह फैलाएर सर्वसाधारण आतङ्कित बनाउने काम नगर्न उनले अधिकारीले आग्रह गरेका छ्न ।
तनहुँमा अहिले सम्म विदेशबाट ८ सय ६२ जना आएको र र्यापिड डायग्नोस्टिक टेष्ट ६ सय ६८ (आरडिटि) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख अधिकारिले जानकारी दिए ।
पोलिमरेज चेन रियाक्सन टेष्ट (पिसीआर) विधिबाट भने अहिलेसम्म ३९ जनाको कोरोना परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ