तनहुँ । कोरोना भाइरस (कोभिड—१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत तनहुँको दमौलीमा ३ जना कोरोना भाइरसका संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो ।
तेह्रथुम जिल्ला म्याङ्गलुङ्ग नगरपालिका-७ स्थायी घर भई हाल व्यास-२ दमौली बस्दै आएका ३४ वर्षीय नवराज ढुङ्गानालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
ढुंगानालाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार ‘झुठा अफवाह फैलाउन नहुने’ शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।
यस्तो छ ढुंगानाले फेसबुकमा राखेको कोरोना सम्बन्धि गलत पोष्ट :

आफ्नो फेसबुक आइडीमार्फत “तनहुँको दमौलीमा कोरोना संक्रमित ३ जना पुष्टि भएको छ.…. ” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानुनी कारवाहीका लागि ढुंगानालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको प्रहरी प्रमुख सिलवालले बताए ।
जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिनको म्याद थप गरि पक्राउ परेका ढुंगानामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँमा कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य कार्यालय तनहुँ
तनहुँमा कोरोना भाइरसका संक्रमित नभटिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार तनहुँमा अहिलेसम्म कोरोना पुष्टि भएको छैन ।
अफवाह फैलाएर सर्वसाधारण आतङ्कित बनाउने काम नगर्न उनले अधिकारीले आग्रह गरेका छ्न ।
तनहुँमा अहिले सम्म विदेशबाट ८ सय ६२ जना आएको र र्यापिड डायग्नोस्टिक टेष्ट ६ सय ६८ (आरडिटि) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख अधिकारिले जानकारी दिए ।
पोलिमरेज चेन रियाक्सन टेष्ट (पिसीआर) विधिबाट भने अहिलेसम्म ३९ जनाको कोरोना परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ