तनहुँ । तनहुँको भानु नगरपालिका-१ भन्सारका २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।
पुर्पक्षका लागि थुनामा जाने भानु-६ का १९ वर्षीय राजु अछामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा गत वैशाख ११ गते बिहिबार भानु-१ भन्सारका १९ वर्षीय प्रविण गुरुङ मृत अवस्थामा फेला परेका थिए ।
गुरुङको हत्या अभियोगमा भानु नगरपालिका-५ का वडाध्यक्ष प्रकाश मल्ल (टाईसन) ५० हजार र सोही ठाउँका गोविन्द बहादुर मगरलाई एक लाख धरौटी तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही अभियोगमा ८ जना नाबालक रहेको हुनाले उनीहरलाई बाल सुधार गृहमा पठाउने आदेश जिल्ला अदालत तनहुँले दिएको छ ।
लकडाउन (बन्दीबन्दी) नखुलेसम्म उक्त १० जना नाबालकलाई उनीहरुको संरक्षकको जिम्मा लगाइएको र लकडाउन पछि ८ जना नाबालकलाई सुधारगृह पठाइने जिल्ला अदालत तनहुँका निमित्त श्रेस्तेदार कृष्ण गौतमले जानकारी दिए ।
१६ वर्ष भन्दा कम उमेर भएका २ जना नाबालकलाई भने संरक्षककै जिम्मा लगाइने र सुधारगृह नपठाइने गौतमले गण्डक न्युजलाई जानकारी दिए । अन्य ८ नाबालकको उमेर १६ देखि १७ वर्ष रहेको छ ।
सोही अभियोगका तीन जना दिपक भण्डारी, धन बहादुर घर्ति र अंकित अधिकारीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।
गुरुङको परिवारले वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा भानु-५ का वडाअध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।
गत मंगलबार (वैशाख ९ गते) राति स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार(वैशाख ११ गते) दिउसो फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएका थिए ।
वडाध्यक्ष मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि उनले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाएका थिए ।
सामान लिन पवनसँगै उनका साथी दीपक भण्डारी, अंकित अधिकारी र गुरुङ पनि नावरुङ पुगेका थिए ।
नावरुङमा स्थानीयवासी गोविन्द थापा मगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीयवासी युवा र गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि गुरुङ बेपत्ता भएका थिए ।
पोखरा-११ रानीपौवा बस्ने गुरुङ लकडाउनको समयमा दिदिको घर आएका थिए । मृतक गुरुङ कक्षा ११ मा अध्ययनरत थिए ।
यो पनि :
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?