पोखरामा सुजनलाई मारेर गाड्ने प्युठानका २ पक्राउ, सँगै रक्सी खाँदा झगडा (भिडियोसहित)

पोखरामा सुजनलाई मारेर गाड्ने प्युठानका २ पक्राउ, सँगै रक्सी खाँदा झगडा (भिडियोसहित)

sujan bk hattttt

पोखरामा लकडाउन यता दुई युवाको हत्या भएको छ । दुवैलाई मारेर गाडिएकोमा प्रहरी हत्यारा पत्ता लगाउन सफल पनि भएको छ ।

जेठ ३ गतेदेखि हराइरहेका कास्कीको मादी गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका २७, लेखनाथ, अघौँमा बस्दै आएका २४ वर्षीय सुजन बिक ३ दिनपछि मंगलबार मृत भेटिएका थिए । उनी पनि मारेर गाडिएकै अवस्थामा भेटिए । हत्यामा संलग्न दुई जनालाई कास्की प्रहरीले विहीबार सार्वजनिक गरेको छ । सुजनको शव सृजना बहिरा स्कुल नजिकै खेतको कुलो छेउमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको थियो ।

गत साता पोखरा १४ का २२ वर्षीय बिमल रानाभाटको हत्यामा संलग्न मूख्य व्यक्ति ज्ञानबहादुर परियारसँगै ४ जनालाई पक्राउ गरिएको थियो । नयाँ वर्षको दिनदेखि हराएका बिमलको शव पनि एक महिनादेखि मकैबारीमा गाडिएको अवस्थामा भेटिएको थियो । पोखरामा श्रीमतीसँग सल्केको भन्दै ‘मितज्यू’ भनिएका साथीकै घनले हानेर हत्या (भिडियो सहित)

यी दुवै घटनामा हत्याराहरु मृतककै साथी हुन् । बिकको हत्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका वडा नं ३ डिहिगाउँ घर भएका २१ वर्षका थमन पुनमगर र २३ वर्षका प्रकाश घर्तीमगर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार बिजुलीको पोल गाड्ने काम गर्ने उनीहरु गत जेठ ३ गते शनिबार साँझ सँगै मदिरा सेवन गरी घर फर्कने क्रममा विवाद भएपछि ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । चोक देखि ३ सय मिटर भित्र फर्निचर पसल पछाडि खेतमा माटोले पुरेको अवस्थामा फेला पारेको थियो । बारी गोडमेल गर्नेहरुले माटोमाथि हातको औंला देखिएपछि शव रहेको थाहा भएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाका विषयमा १० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

घटना विवरण

गत जेठ ३ गते राति पोखरा २७ सुन्दरीबजार बस्ने २४ वर्षीय सुजन बिक, प्युठान गौमुखी ३ डिहिगाउँ घर भई सुन्दरीबजार नै बस्ने वर्ष २३ का प्रकाश घर्ती मगर र सोहि ठाउँका वर्ष २१ का थमन पुन मगर मिली ३ जना भएर राति साढे ७ बजेसम्म रक्सी खाए । सोहि क्रममा रक्सी लाग्दै गएपछि आपसी विवाद भयो । सुजनले अपशब्द बोल्दै हल्ला गर्न थाले । त्यसपछि तथानाम गाली गलौज गरेपछि आवेशमा आई थमनले सुजनलाई मुक्का प्रहार गरे ।

टाउकोको पछाडि भागमा मुक्का हानेपछि सुजन भुईंमै थचक्क बसेर चिच्याउन थाले । त्यसपछि प्रकाशले तत्काल फेला परेको सानो ढुंगाले टाउकोकै पछाडि हानिदिए । थमनले ठूलो ढुंगा ल्याएर टाउकोको देब्रे पट्टी हानिदिए । सुजनको तत्काल मृत्यु भयो । त्यसपछि दुवैले सुजनको शव उचाली नजिकै गाह्रोभित्र फालेर कोठामा गए ।

उनीहरु कोठामा पुगेपछि चुरोटमा गाँजा भरेर खाए । सुजनकी आमा उजेली बिक छोरा खोई त भन्दै आईन् । उनीहरु दुवैजनाले आएको छैन र ? भनेर उत्तर दिए । आमा फर्केपछि उनीहरु पुनः शव भएकै स्थानमा पुगे । नजिकै खुकुलो माटो र ढुंगा भएको ठाउँमा पुगेर हातले नै ढुंगामाटो हटाएर काठको दाउराले माटो खसाली खाडल बनाई त्यहीं पुरिदिए । यतिबेला सम्म राति साढे १२ बजिसकेको थियो । उनीहरु त्यसपछि कोठामा गई सुते ।

भोलिपल्टसम्म आमा उजेलीले छोरा कुरिरहिन् । तर सुजन आएनन् । त्यसपछि जेठ ५ गते प्रहरी कहाँ पुगेर लिखित निवेदन दिइन् । जेठ ६ गते बेलुकी ५ बजेतिर पोखरा २७ भिमसेन स्थान नजिकै नेत्रबहादुर पुनको खेतमा शंकास्पद अवस्थामा मानिसको लास जस्तो देखिएको भनेर प्रहरीकहाँ फोन आयो । तत्काल ईलाका प्रहरी कार्यालय शिशुवाबाट डिएसपी अर्जुन रानाभाटको कमाण्डमा घटनास्थलमा पुगेको प्रहरी टोलीले सुजनलाई खाल्डोमा गाडिएको अवस्थामा भेटेको थियो । तत्काल लाश निकाली मुचुल्का समेतको अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो ।

हेर्नुहोस् भिडियोहरुः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ