पोखरा, १८ जेठ ।
चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ ।
‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेका हौँ । अत्याधिक समस्यामा परेका समूहको पहिचान गरि हामीले घर घरमै पुगेर खाद्यान्न वितरण गरेका हौँ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाका अध्यक्ष अरुण गिरीले भने–‘आर्थिक सहयोग गरेर हामीलाई सपोर्ट गर्ने पोखरा नेपाल–यूके फाउन्डेशनलाई विशेष धन्यबाद ।’

त्यसो त संघले चलचित्र सम्बन्धि क्रियाकलापहरु गर्दै आएको थियो । तर लकडाउनको मारमा अहिले अति समस्यामा परेका व्यक्तिहरुलाई संघको विशेष पहलमा सहयोग गरिएको अध्यक्ष गिरीले बताए । ‘यो समयमा चलचित्र क्षेत्र पनि निकै प्रभावित छ । यद्यपि समस्या सबैतिर उस्तै छ । हामीले मानवियताको हिसाबले कुनै क्षेत्र नतोकी राहत वितरण गरेका हौँ । र, यो कर्मले हामीलाई समाजसँग अझै नजिकिने मौका पनि दिएको छ ।’ उनले भने ।

चलचित्र पत्रकार संघ र ‘पोखरा नेपाल–यूके फाउन्डेशन’लाई एक ठाऊँमा ल्याउने काम फिल्मकर्मी प्रकाश गुरुङ ‘काश’ले गरेका थिए । उनी फिल्मको सिनेम्याटोग्राफर पनि हुन् । ‘म आफै पनि फिल्मकर्मी भएकोले चलचित्र पत्रकार संघसँगको बोन्डिङ राम्रो थियो । र, यूकेबाट मेरा नेपाली साथीहरुले म मार्फत नै रकम संघका लागि पठाएका हुन् ।’ प्रकाश गुरुङ ‘काश’ले भने–‘चलचित्र पत्रकार संघसँग जोडिएर यो पुण्य काममा योगदान दिन पाउँदा म निकै खुशी छु ।’
राहत वितरणको क्रममा स्थानियस्तरमा गायक गौतम गुरुङ र गुरुङ फिल्मकी नायिका उर्मिला गुरुङले पनि सहजिकरण गरेका थिए ।
‘पोखरा नेपाल–यूके फाउन्डेशन’ यूकेमा काम गर्ने नेपालीहरुको संस्था हो । विपद्मा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यसहित स्थापित संस्थाले त्यहाँका करिब २ सय ४० जना नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरेको थियो । संस्थामार्फत जगत गुरुङ र भीम महेन्द्र गुरुङले आर्थिक संकलनको नेतृत्व गरेका थिए ।

‘अहिले विश्व नै विपद्मा छ । र, नेपालमा पनि त्यसको प्रभाव छ । नेपालीहरु समस्यामा पर्दा विदेशिएका हामी नेपालीलाई अझै बढि दुख्छ ।’ यूकेबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले भने–‘त्यसैले हामीले सानो भएपनि सहयोगी हात बढाएका हौँ ।’ साथै उनीहरुले सहयोग वितरणको व्यवस्थापन राम्रो गरिदिएकोमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीलाई धन्यबाद समेत दिए । त्यस्तै यूकेमा आफूहरुले थालेको अभियानमा साथ दिने सम्पूर्ण नेपालीहरुलाई पनि उनीहरुले धन्यबाद दिए ।

‘पोखरा नेपाल–यूके फाउन्डेशन’ले पोखरा र आसपासका क्षेत्रमा विपद्मा रहेका थुप्रै परिवारलाई सहयोग गरिसकेको छ । यसअगाडि संस्थाले जक्शन ग्रुप प्रालि, पोखरा साँगीतिक कलाकार संघ र मेरो साथी टिभीमार्फत सहयोग गरिसकेको छ । हालसम्म संस्थाले कुल १३ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको छ । जसबाट ४ सय ५० परिवारका करिब २ हजार १ सय जनाले राहत प्राप्त गरिसकेका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह