गोरखामा २८ जना प्रहरीको कोरोना परीक्षण गर्न स्वाब संकलन

गोरखामा २८ जना प्रहरीको कोरोना परीक्षण गर्न स्वाब संकलन

DPO Gorkha

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

आइतबार प्रहरी निरीक्षकसहित २८ जनाको नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालय प्रमुख विद्या तामाङले बताइन् ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिकाका १७ बर्षका युवक जेठ ११ गतेदेखि प्रहरी हिरासतमा छन् । आइतबार बिहान उनमा कोरोना संक्रमणको पुष्टि भएको हो । अहिले उनको जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

कोरोना संक्रमित गण्डकी गाउँपालिकाका ९ जनाको पनि जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनीहरुलाई आइतबार दिउँसो क्वारेन्टिन स्थलबाट अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds