पोखरा । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमण देखिएको छ । यो संगै गण्डकीमा संक्रमितको संख्या १ सय ५१ पुगेको छ । गोरखाका ४ जना जना संक्रमण पुष्टि भए संगै गण्डकीको कुलको संख्या १ सय ५१ पुगेको हो ।
गण्डकीमा बुधबारसम्म १ सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले आजको कोभिड लाइभ अपडेटमा संक्रमितको संख्या १ सय ५१ पुगेको जानकारी दिएका हुन् ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नै गोरखामा संक्रमित थपिएको पुष्टि गरे पनि प्रदेश स्वास्थ्य निर्देशनालयले आज अपडेट गरेको हो ।
गण्डकी प्रदेशका संक्रमितमध्ये ११ जना बीको भएर घर फर्किएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये स्याङ्गजा वालिङ्गका एक वृद्धको मृत्यु भएको छ । अहिले १ सय ३९ जना क्वारेन्टाइनमा रहेका छ्न ।
अहिलेसम्म गण्डकी प्रदेशमा १ हजार ६ सय ४३ जनाको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
दैनिक २ सय ५० भन्दा बढी परीक्षण गरिरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए । उनले भने ‘यति हुँदाहुदै पनि पेन्डिंङ्ग हुने नमुनाको संख्या बढ्दो छ ।’
गण्डकी प्रदेशमा दुई वटा पीसीआर मेसिनबाट कोरोना परीक्षण भईरहेको छ ।
गण्डकी प्रदेशका कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?
बागलुङमा ३७ जना पुरुष र ३ जना महिला गरि कुल ४० जना, गोरखामा १४ जना पुरुष र १ जना महिला गरि कुल १५ जना, कास्कीमा कुल ५ जना पुरुष, लमजुङ्गमा १ जना पुरुष, म्याग्दीमा ३ जना पुरुष, नवलपुरमा ३५ जना पुरुष र २ जना महिला गरि कुल ३७ जना, पर्वतमा ९ जना पुरुष, स्याङ्गजामा ३७ जना पुरुष र १ जना महिला गरि कुल ३८ जना र तनहुँमा ३ जना पुरुषमा कोरोना संक्रमण भएको छ ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ५१ पुगेको छ । अहिलेसम्म गण्डकी प्रदेशको मनाङ र मुस्ताङ्गमा कोरोनाको संक्रमण देखिएको छैन । गण्डकीका अन्य ९ वटा जिल्लामा भने संक्रमण पुष्टि भईसकेको छ ।
निको हुने ११ जना कुन जिल्लाका कति ?
गण्डकी प्रदेशमा कोरोना जितेर निको हुनेको संख्या ११ जना पुगेको छ । जसमा बागलुङ्गका ६ जना, स्याङ्गजाका ३ जना, लमजुङ्ग स्थायी ठेगाना भई काठमाडौमा उपचाररत १ जना, नवलपुरका १ जना गरि कुल ११ जनाले कोरोना जितेर घर फर्किएका छ्न ।
नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४
बितेको २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका छन् ।
योसँगै कूल निको हुनेको संख्या ८६१ जना पुगेको पनि गौतमले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु समेत भएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ