तनहुँ । जनताको सेवा प्रवाहलाई ध्यान दिर्दै तनहुँको म्याग्दे गाउँपालिकाले बिहान देखि साँझ सम्म सेवा प्रवाह गर्ने भएको छ ।
असार १ गते देखि लागु हुने गरी म्याग्दे गाउँपालिकाले कार्यालय बिहान ८ बजेबाट साँझ ६ बजेसम्म जनातालाई सेवा प्रवाह गरिने गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन ।
‘आर्थिक वर्षको समय कम छ,’ उनले भनिन,‘ त्यसैले बिहान देखि साँझ सम्म गाउँपालिकाको कार्यालय खोल्ने निर्णय गरेका हौं ।’ सेवाग्राहीको काम यही आर्थिक वर्ष भित्र सक्नुपर्ने हुन्छ ।
गाउँपालिकाबाट कागजात समयमा बनाए सदरमुकाम रहेका सरकारी कार्यालय छिटो काम गर्न सहज हुन्छ । कोरोनाका कारण सेवाग्राहीको कतिपय काम रोकिएका छन ।
गाउँपालिकाका कारण कुनैपनि सेवाग्राहीको काम नरोकियोस भन्ने मुख्य उद्देश्यले सो निर्णय भएको म्याग्दे गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको निर्णयलाई कार्यान्वयन गर्नका लागि प्रशासन र योजनाका काम बिहान देखि साँझ सम्म सेवा प्रवाह गरिने प्रमुख प्रशाकीय अधिकृत हरिराम नागिलाले बताए ।
उनका अनुसार सम्बन्धी निकायका कर्मचारीलाई खटाइसकिएकाले सेवाग्राही काम फटाफट हुन्छ । प्रशासनिक काम र योजनाका गाउँपालिका सम्बन्धी कुनै पनि सेवा प्रवाह नोरिकिने बताए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला