रोपाइको रमाइलो हेरिरहेकी बालिकाको चट्याङले लियो ज्यान

रोपाइको रमाइलो हेरिरहेकी बालिकाको चट्याङले लियो ज्यान

chatyang

सांकेतिक तस्बिर ।

भोजपुर – ट्याम्के मैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाई भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वस्थ्य चौकीमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि पठाइने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ