पर्वत दुर्लुङ पहिराे : जेनिशको पनि शव भेटियाे

पर्वत दुर्लुङ पहिराे : जेनिशको पनि शव भेटियाे

jenish sab

दुर्लुङ । पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राती गएको पहिरोमा बेपत्ता भएका जेनिश बिकको शव भेटिको छ । ४ दिन सम्म खोज्दा नभेटिएपछि आज प्रत्येक घरका १/१ जना सदस्य जुटेर स्थानीयले बिहानै देखि खोजेका थिए । घर भन्दा निकै तल  चौतारी नजिक शव भेटिएको हो ।

पहिरोले घर पुरिँदा बेपत्ता बनेकामध्ये ८ जनाको शव फेला यसअघि परिसकेपनि १३ वर्षीय जेनिशको शव भेटिएको थिएन । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मंगलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको हो।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दीपा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ ।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बाग्लुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ