पोखरा । गण्डकी प्रदेशका ८ जिल्लामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । आज बिहान मात्रै गण्डकीमा २० नयाँ संक्रमित थपिएका थिए ।
स्वास्थ्य निर्देशनालयले सोमबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार थप ५३ नयाँ संक्रमित थपिएपछि गण्डकीमा संक्रमितको कुल संख्या ५९३ पुगेको छ ।
जसमध्ये तनहुँमा १८ संक्रमित थपिएका छन् । जिल्लाको भिमाद, घिरिङ, आँबुखैरनीमा र बन्दीपुरमा गरि १८ संक्रमित थपिएका हुन् ।
तनहुँमा १८ संक्रमितमध्ये बन्दिपुर गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी समेत रहेका छ्न ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बन्दिपुर गाउँपालिकामा १० जना संक्रमित पुष्टि भनेतापनि बन्दिपुर गाउँपालिकाले भने संक्रमितको संख्या ११ जना रहेको बताएको छ ।

यस्तै, स्याङ्जाको अर्जुनचौपारी, वालिङ र कालीगण्डकीमा गरि ९ संक्रमित थपिएका छन् । स्याङ्जका ९ जना संक्रमित नै पुरुष हुन् । बागलुङको ताराखोला र नीसिखोलामा गरि ८ संक्रमित थपिएका छन् ।
बागलुङमा थपिएका संक्रमितमध्ये एक जना ७ महिने शिशु पनि रहेका छन् । गोरखाको गण्डकी गाउँपालिकामा ३, भीमसेनमा ३ पुरुष २ महिला, सहिदलखनमा ३ पुरुष थपिएका छन् ।
यस्तै, लमजुङको क्होलासोथरमा १, मध्यनेपाल २, दुधपोखरी १ बेशिशहर १, गरि ५ संक्रमित थपिएका छन् । पर्वत, नवलपुर र पोखरामा १, १ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा