पोखरा । गण्डकी प्रदेशमा अहिलेसम्मकै ठूलो परिमाणमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकीमा एकै दिन कोरोना भाइरसका १०४ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुरमा गरि ३ ठाउँमा गरिएको परिक्षणमा १०४ नयाँ संक्रमित थपिएका हुन् ।
निर्देशनालयले बताए अनुसार बागलुङमा ६, कास्कीमा ७, पर्वतमा २१, २१, तनहुँमा १, स्याङ्जामा १३, गोरखामा १८ र राष्ट्रिय प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा नवलपुर जिल्लामा ३८ नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ९७ जना पुगेको छ ।
बागलुङको ढोरपाटन नगरपालिकामा १ महिलासहित ५ पुरुषमा संक्रमण फेला परेको छ । यस्तै पोखरा महानगरपालिकामा ३ पुरुष सहित ४ महिला संक्रमित फेला परेका छन् ।
पर्वतमा पुष्टि भएका संक्रमित बिहादी गाउँपालिकाका २ महिला, पैयुँ गाउँपालिकाका ३ पुरुष, कुश्मा नगरपालिकाका २ महिला र ९ पुरुष छन् । यस्तै पर्वतकै मोदी गाउँपालिकामा २ पुरुष र एक महिला, फलेबास नगरपालिकामा २ पुरुष फेला परेका छन् ।
नवलपुरमा राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा कावासोती नगरपालिकामा ९ पुरुष र एक महिला, बौदिकाली गाउँपालिकामा ५ महिला, ५ पुरुया, नवलपुरकै पालिका नखुलेका एक पुरुषमा संक्रमण फेला परेको छ ।
यस्तै, भरतपुर अस्पतालमा गरिएको परिक्षण्मा १७ नयाँ संक्रमित पुष्टि भएका छन् । जसमा गैंडाकोट नगरपालिकाका एक महिला र एक पुरुष । बुलिङटार गाउँपालिकामा १५ पुरुष संक्रमित फेला परेका छन् ।
तनहूँको घिरिङ गाउँपालिकामा एक पुरुष फेला परेका छन् । यस्तै, स्याङ्जाको गल्याङ नगरपालिकाका ३ पुरुष, भीरकोट नगरपालिकाका एक महिला, कालिगण्डकी नगरपालिकाका २ पुरुष, चापाकोटका ४ पुरुष, १ महिला, वालिङका २ पुरुषमा कोरोना पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा गोरखाका १८ संक्रमित फेला परेका छन् ।
जसमध्ये, भीमसेन गाउँपालिकाका २ महिला, २ पुरुष, राष्ट्रिय प्रयोगशाला काडमाडौंमा गरिएको टेस्टमा भीमसेनकै ६ महिला, २ पुरुष, पालिका नखुलेका २ पुरष, शहिल लखनका ३ पुरुष र बारपाक सुलीकोटका १ पुरुषमा संक्रमण फेला परेको छ ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस