गोरखाका ५ जनासहित गण्डकी प्रदेशका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

गोरखाका ५ जनासहित गण्डकी प्रदेशका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 3

पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरा र गोरखामा गरि ९ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १ हजार ८८ जना पुगेको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४ पुरुसहित गोरखाको शहिद लखन र पालुङटारमा ५ संक्रमित थपिएका हुन् ।

शहिद लखनमा थपिएका संक्रमितमध्ये १ पुरुष र एक महिला रहेका छन् ।

यसैगरि, पालुङटारमा थपिएका संक्रमितमध्ये ३ पुरुष रहेका छन् ।

गोरखा पालुङटारका कोरोना संक्रमितमध्ये १ जनाको आज बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ