अष्ट्रेलियाका पुर्वमन्त्रीद्वारा नेपालीले खोलेको प्राविधिक कलेज उद्घाटन

अष्ट्रेलियाका पुर्वमन्त्रीद्वारा नेपालीले खोलेको प्राविधिक कलेज उद्घाटन

FB_IMG_1594272680523

अष्ट्रेलिया । अष्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली लगानीमा खोलिएको प्राविधिक कलेज ‘ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन’को अस्ट्रेलियाका पूर्व यातायात तथा पर्यटन मन्त्री ब्रुश बैर्डले उद्घाटन गरेका छन ।

उद्घाटन मन्तव्यमा बैर्डले नेपाली युवाहरुको लगानीले गौरवान्वित बनाएको बताउँदै सफलताको शुभकामना दिए ।

बैर्डले दस वर्षदेखि सङ्गतको आधारमा संस्थापक सागर लोहनीको नेतृत्वमा कलेजले धेरै प्रगती गर्ने विश्वास व्यक्त गरे ।

उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक सागर लोहनीले बताए ।

प्राविधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ ।

अधिकांश विद्यार्थीको काम र पढाइ बिच समायोजन नभएको सन्दर्भमा यस खाले प्राविधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिले बताए ।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ ।

प्राविधिक र व्यावसायिक सीप भएका व्यक्तिलाई सजिलो हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनि बताउछन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ