अष्ट्रेलिया । अष्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली लगानीमा खोलिएको प्राविधिक कलेज ‘ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन’को अस्ट्रेलियाका पूर्व यातायात तथा पर्यटन मन्त्री ब्रुश बैर्डले उद्घाटन गरेका छन ।
उद्घाटन मन्तव्यमा बैर्डले नेपाली युवाहरुको लगानीले गौरवान्वित बनाएको बताउँदै सफलताको शुभकामना दिए ।

बैर्डले दस वर्षदेखि सङ्गतको आधारमा संस्थापक सागर लोहनीको नेतृत्वमा कलेजले धेरै प्रगती गर्ने विश्वास व्यक्त गरे ।
उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक सागर लोहनीले बताए ।

प्राविधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ ।
अधिकांश विद्यार्थीको काम र पढाइ बिच समायोजन नभएको सन्दर्भमा यस खाले प्राविधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिले बताए ।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ ।
प्राविधिक र व्यावसायिक सीप भएका व्यक्तिलाई सजिलो हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनि बताउछन ।
सम्बन्धित खबर
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला